आधारभुत कम्प्युटर तथा अनलाइन पत्रकारीता तालिम सञ्चालन

मन्त्री र सभासद् भएर पनि कम्प्युटर नै चलाउन आउदैन भन्छन : विज्ञान तथा प्रविधि मन्त्री, शिवललाल थापा

कम्प्युटर शिक्षा आज सबैका लागि आवश्यक छ, कम्प्युटर तथा सूचना प्रविधिको ज्ञान बिना अबको जीवनशैली अपुरो नै हुन्छ । हाम्रो पालामा कम्प्युटर सिक्न न त के देख्न समेत पाइएन । जसोतसो खरीबोटबा शिक्षा लिइयो । दुःख जेलो गरेर पढ्छु भन्दा पनि पढ्न नपाइने अवस्था थियो । अहिले त सबैको हात हातमा मोबाइल घर घरमा कम्प्युटर छ । ५ वर्षको बच्चाले पनि मोबाइलमा सजिलै गेम खेल्छ । सूचना प्रविधिको प्रयोगले जीवनस्तर अति सहज बनाइदिएको छ । हामी सभासद र मन्त्रीहरुलाई पनि सहजसग कम्प्युटर चलाउन समेत आउदैन, १५ दिने निःशुल्क आधारभुत कम्प्युटर तथा अनलाइन पत्रकारीता तालिमको उद्घाटन गर्दै विज्ञान तथा प्रविधि मन्त्री शिवललाल थापाले भने । आधारभुत कम्प्युटरको ज्ञानले नै सबै कुरा सिकाउछ । विज्ञानको आविष्कार र चमत्कारले विश्वलाई प्रविधिमार्फत एउटै सञ्जालमा रुपान्तरण गरिदिइएको छ । माध्यमिक तहदेखि नै कम्प्युटर शिक्षा लागू भइसकेको अवस्था छ । जनतालाई सूसुचित गर्ने माध्यमहरु प्रिन्ट इलेक्ट्रोनिक्स हुदै अलाइनमा रुपान्तरित भइसकेको छ । विश्वभरका सूचना र जानकारीहरु मोबाइलबाटै पढ्न र हेर्न सकिने अहिलेको प्रविधिको जमाना आएकोले कम्प्युटरको ज्ञानले नै सभ्य अनलाइन पत्रकारीता सिकाउने विज्ञान तथा प्रविधि मन्त्री थापाले बताए ।
अनलाइन मार्फत सामाजिक सञ्जाल प्रयोग गर्दा सचेत हुन जरुरी छ :  एसएसपी सर्वेन्द्र खनाल

कलेज लेभका बिद्यार्थीहरु बढी मात्रामा सामाजिक सञ्जालमा अभ्यस्त रहने हुदा उनीहरु कही कतैबाट साइवर अपराधभित्र तानिने र फस्ने अवस्था बढ्दो छ । त्यसैले बेलैमा सावधानी अपनाउन बिद्यार्थीहरले जरुरी छ । त्यसका लागि बिद्यालय, अभिभावक संघ संस्था र सरोकारवाला निकायहरुले साइवर अपराध बारेको जानकारीलाई समुदाय, स्कुल कलेजबाट व्यापक रुपमा अभियानको रुपमा अगाडी लैजान अत्यावश्यक भइसकेको छ । कारणवश साइवर अपराध परे ५ वर्ष सम्म जेल सजाय र जरीवाना समेत हुनेछ । पछि हतकडी लगाएर चिसो सिंढीमा पर्नुभन्दा बेलैमा साइवर अपराधबाट बच्ने उपाय आजै अवलम्वन गरौं । साइवर अपराधमुक्त समाज बनाउन आफैबाट सामाजिक सञ्जालको प्रयोगलाई सूचनामुलक बनाऔं ।

कम्प्युटरको ज्ञान त्यतिबेला महत्वपूर्ण मानिन्छ जब त्यसको प्रयोगले कुनै पनि काम र कार्यक्रम सूचनामुलक र उपलब्धि हुन्छ तर त्यसको प्रयोग कुनै पनि अपराधजन्य काममा लागि प्रयोग गरिन्छ त्यसको नतिजा अन्तमा घातक सिद्ध हुन्छ । विज्ञान प्रविधिको आविष्कारले प्रविधिको माध्यम बनेको इमेल इन्टरनेट, अनलाइन ब्लग, अनलाइन मिडिया र सामाजिक सञ्जाल अहिलेको मानिसको अभिन्न अंगभित्रको सहज जीवनशैली बन्दै गइरहेको छ । तथापी सूचना प्रविधिको यिनै माध्यमलाई अपराध गर्नेहरुले आफ्नो प्रयोग अनुकुल बनाउदै लगेकाप्रति हामी सचेत हुने बेला आएको छ । अपराध गर्नेहरुले सामाजिक सञ्जाल फेसबुक ट्वीटर लगायतका सोसल मिडियालाई बढी प्रयोग गर्दै आएका छन् । प्रविधि हाम्रा लागि जति महत्वपूर्ण छ त्यति नै त्यसको प्रयोगमा सावधानी नअपनाउदा घातक बन्दै गएका उदाहरणहरु सार्वजनिक भइरहेका छन् । सामाजिक सञ्जाल के का लागि प्रयोग गर्ने किन प्रयोग गर्ने कस्ता सूचना, जानकारी र फोटोहरु पेष्ट गर्ने, कस्ता व्यक्तिलाई साथी बनाउने भन्ने बारेको ज्ञान सामाजिक सञ्जाल प्रयोगकर्तामा हुनु आवश्यक छ । सामाजिक सञ्जालबाट अपराधका घटनाहरु १६ देखि २५ वर्षभित्रका व्यक्तिहरुले बढी मात्रामा भइरहेका छन् । कतिपयले सामाजिक सञ्जाल प्रयोगमा सावधानी नअपनाउदा भएको छ भने कतिपयले अपराधिक मानसिकताले गरिरहेका छन् । सामाजिक सञ्जालमा नक्कली आइडी बनाएर अपराध गर्नेहरु पनि त्यत्तिकै छन्
प्रविधिमैत्री स्वास्थ्य सेवाको भावना विकास गर्न जरुरी छ :  लोकबहादुर टण्डन

सूचना प्रविधि आजको आवश्यकता हो । हरेक क्षेत्र र निकाय सूचनाप्रविधि बिना अब नचल्ने भइसकेका छन् । स्वास्थ्य क्षेत्रमा सूचना प्रविधिको प्रयोगमा व्यापकता बन्दै गइरहेको छ । हामीले आफ्नो स्वास्थ्यको जानकारी मोबाइलबाटै थाहा पाउने अवस्था आइसकेको छ । त्यसैले कम्प्युटरको ज्ञानले स्वास्थ्य, सूचना, सञ्चार, कृषि पर्यटन क्षेत्रको बिकास र बिस्तारलाई सहयोग पुर्याउदै आएको छ । स्वास्थ्य क्षेत्रमा एमआरआई, भिडियो एक्सरे, सिटी स्क्यान, ल्याब, इसिजी, अल्टासाउण्ड सबैको कम्प्युटरमार्फत प्रविधिको प्रयोग भएका छन् । त्यसैले कम्प्युटर अहिलेको माग होइन आवश्यकता हो । जसबाट हाम्रो जीवनशैली सहज बनिरहेको छ । त्यसैले सूचना प्रविधिको प्रयोगको अनुकुलता खोज्दै जादा यसको दुरुपयोग भयो भने त्यसको परिणाम अब मान्छेले कल्पना नै गर्न नसक्ने अवस्थामा पुग्न सक्छ । मानीलिऔं, ल्याबको एउटा प्राविधिकले एक अक्षरको मात्र रिपोर्टमा गल्ती गरिदियो भने बिरामीको अवस्था भयावह हुन सक्छ, त्यस्तै डाक्टरले अप्रेसनमा । त्यसैले सामाजिक सञ्जालमा रमाइलोको भरमा तपाइले झुक्किएर गरेका सानो गल्तीले साइवर अपराधभित्र हतकडी लाग्न सक्छ । त्यसैले सूचना प्रविधिको ज्ञानलाई देश विकास लागि प्रयोगमा ल्याऔं ।

सामाजिक रुपान्तरण र देश विकास लागि सूचना प्रविधि र पत्रकारीता : राजेश अधिकारी

हामीले हाम्रो धरातललाई बिर्सन हुदैन । राम्रो काम गर्नेलाई प्रोत्साहन गर्ने संस्कारको विकास हामीले गर्न र सिक्न जरुरी छ । विज्ञान तथा सूचना प्रविधिमार्फत विश्व रुपान्तरण भइरहेको छ भने हामी पनि त्यसभित्र भर्खर छिरेका मात्र छौं । सूचना प्रविधिको प्रयोगमार्फत देश विकास गर्न सकिन्छ भन्ने हामी सबैले भनेका छौ., तर प्रारम्भिक चरणमा यसको प्रयोग कसरी गर्ने भन्ने बारेमा स्पष्ट ज्ञान नहुदा हामी सूचना प्रविधिलाई गलत तवरले प्रयोग गर्दै छौं । प्रविधिमैत्री बन्ने भन्ने होडमा जीवनशैलीलाई अस्तव्यस्त हामी आफैले बनाइरहेका छौं । त्यसकारण विज्ञान तथा सूचना प्रविधिको प्रयोगका लागि पहिले त सरकारको नीति बलियो बन्नुपर्यो, त्यसपछि त्यसलाई प्रयोगमा ल्याउने निकाय सम्पन्न र सुदृढ हुनुपर्यो भने सक्षम जनशक्तिको कार्यशैली चुस्त दुरुस्त हुन आवश्यक छ भने प्रयोगकर्ताहरुलाई सूचना प्रविधिको यथेष्ट ज्ञान र अनुगमन तथा मूल्यांकन । यी सबै कुरा भएपछि पनि सूचना प्रविधिको सफल हुदैन किनकी अझै केही समस्या र खराबीहरु देखा पर्न सक्छ । यो अवस्था विकसित देशहरुमा देख्न सकिन्छ । त्यसैले हाम्रो जस्तो विकासोन्मुख देशमा सूचना प्रविधिको प्रयोगले केही वर्षमा कायापलट गराउन सकिन्छ भन्ने मानसिकतालाई हटाउन जरुरी छ । संस्थाको वेभसाइट बनाउदैमा संस्था या कम्पनी प्रविधि मैत्री भयो भन्न मिल्दैन शुरुवात भयो मात्र भन्न मिल्छ ।

त्यसैले सूचनाको हक अधिकारलाई जनतामाझ सूसुचित गराउने कम्प्युटर इन्टरनेट र अनलाइन मिडिया तथा सामाजिक सञ्जाललाई कसरी समाज रुपान्तरण र देश विकासका लागि लगाउने भन्ने बारेको ज्ञान एवं चेतना अबको पिढींमा हुन जरुरी छ । त्यसका लागि बिद्यार्थी जीवनकालदेखि नै सकरात्मक सूचना प्रविधिको प्रयोगमा ल्याउनुपर्ने देखिन्छ । यस अर्र्थमा युवा सूचना केन्द्र काठमाडौं र आइसिटी पत्रकार विकास मञ्चको आधारभुत कम्प्युटर तथा अनलाइन पत्रकारीता तालिम कार्यक्रम सूचना प्रविधिको चेतनाको स्तर अभिबृद्धि गर्ने उपलब्धिमुलक हुन सक्ने मैले आशा गरेको छु ।

आधारभुत कम्प्युटर तथा अनलाइन पत्रकारीता तालिमको उद्घाटन कार्यक्रमको सभापति आइसिटी पत्रकार विकास मञ्चका संस्थापक अध्यक्ष भरतराज उप्रेती, प्रमुख अतिथि विज्ञान तथा प्रविधि मन्त्री शिवलाल थापा, विशिष्ट अतिथिहरु जिल्ला खेलकुद विकास समिति, युवा सूचना केन्द्र काठमाडौंका प्रमुख लिलाराम बस्नेत, महानगरीय अपराध महाशाखा टेकुका एसएसपी सर्वेन्द्र खनाल, ग्रीन सिटी हस्पिटलका अध्यक्ष लोकबहादुर टण्डन, अतिथिहरु राष्ट्रिय प्रेस क्लव नेपालका संस्थापक अध्यक्ष रामकृष्ण कर्माचार्य, म. क्षे. खे. वि.स का पूर्व अध्यक्ष तथा लेखक राजेश अधिकारी, महानगरीय प्रहरी बृत्त बालाजुका प्रहरी उपरीक्षक, नेपाल सूचना तथा विज्ञान प्रविधि संस्थाका अध्यक्ष सी.पी. भट्टराई, मोबाइल एसोसियसन अफ नेपालका संस्थापक अध्यक्ष अम्बिका प्रसाद ढकाल, राष्ट्रिय नागरिक विकास मञ्चका अध्यक्ष तथा सञ्चारकर्मी महेशजंग कुँवर, तारकेश्वर नगरपालिकाका योजना अधिकृत ई. सविन महर्जन, मानसिङ धर्म उच्च मा.वि.का संस्थापक मानसिङ महर्जन, प्राचार्य विनोद पण्डित लगायत बिभिन्न सामाजिक संघ संस्थाका प्रमुखहरु र मानसिङ उ.मा.वि.का कक्षा ११ र १२ का बिद्यार्थीहरुको उल्लेख सहभागीता रहेको थियो । कार्यक्रम जिल्ला खेलकुद विकास समिति, यूवा सूचना केन्द्र काठमाडौको सहयोगमा आइसिटी पत्रकार विकास मञ्चले आयोजना गरेको हो । कार्यक्रम १५ दिन चैत्र १५ गतेदेखि २९ गतेसम्म दैनिक ३ घण्टाका दरले चल्नेछ । तालिममा न्युनतम ३५ जना बिद्यार्थीहरुको सहभागीता रहने संस्थाले जनाएको छ । तालिममा कम्प्युटर इतिहास शिक्षा र अनलाइन तथा सामाजिक सञ्जाल प्रयोगमा लागि आधारभुत ज्ञान दिइनेछ भने तालिममा अनलाइन पत्रकारीता, सामाजिक सञ्जालको प्रयोग कसरी सूचना र ज्ञानमुलक बनाउन सकिन्छ भन्ने बारेमा सिकाइने संस्थाका संस्थापक तथा कार्यक्रम संयोजक भरतराज उप्रेतीले बताए । अनलाइन पत्रकारीतासगै सूचनामुलक ब्लग सञ्चालन गर्ने ज्ञान समेत तालिममा दिइनेछ । १५ दिने तालिमको अवसरमा उक्त कार्यक्रममा अनलाइन पत्रकारीता तालिम सँगै बढ्दो साइवर सुरक्षा चुनौतीको बारेमा बिद्यार्थीहरुलाई सचेतना समेत दिइने कार्यक्रम तालिका रहेको छ । तालिममा मोबाइल सुरक्षा बारेको जानकारी अम्बिका प्रसाद ढकालले दिनुहुनेछ भने, साइवर अपराध के हो र कसरी बच्ने भन्ने बारेको जानकारी महानगरीय अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनालले दिनुहुनेछ । अनलाइन मिडिया सञ्चालन, व्यवस्थापन र अनलाइन मिडियामार्फत हुने साइवर अपराधको जानकारीको बारे प्रेस काउन्सिल नेपालको तर्फबाट अध्यक्ष बोर्ण बहादुर कार्कीले दिने कार्यक्रम तालिका रहेको छ । पत्रकारीताको अवस्था भोगाई र जीवनशैली बारेको जानकारी राष्टिय प्रेस क्लवका अध्यक्ष रामकृष्ण कर्माचार्यले दिनुहुनेछ । आधारभुत कम्प्युटर इमेल, इन्टरनेट वेभसाइट बारेको ज्ञान ई सी.पी. भट्टराईले दिनुहुनेछ । त्यस्तै साइवर अपराध नियन्त्रणका लागि नेपाल दूरसञ्चार प्राधिकरणको अनुगमन नीतिका बारेमा प्राधिकरणका निर्देशक आनन्दराज खनालले दिनुहुनेछ । अनलाइन न्युज पोष्ट तथा ब्लग तथा फेसबुक पेज बनाउने बारेको तालिम कार्यक्रम संयोजक भरतराज उप्रेतीले दिनुहुनेछ । वेभ डिजाइन कन्सेप्ट र सर्च इन्जिनका बारेमा वेभ इन्जिनियर सुरेन्द्र बूढाथोकीले सहजीकरण गर्नुहुनेछ