ग्रीस र कोलम्बियाको जीतसँगै टप १६ मा प्रवेश

15 December 2015
Comments 0
Category News
15 December 2015, Comments 0

जापान-आईभरीकोष्ट विश्वकपबाटै आउट

ब्राजिलमा जारि विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत समुह ‘सी’को अन्तिम चरणका खेल समाप्त भएका छन्। कोलम्बिया र ग्रीस दोस्रो चरणमा प्रवेश गरेका छन्। कोलम्बिया समुह बिजेता हुँदै दोस्रो चरणमा प्रवेश गरेको छ। दोस्रो चरणमा कोलम्बियाले उरुग्वेको सामना गर्ने छ भने ग्रीस र कोष्टारिका आमने-सामने हुनेछन्।

ग्रीस र आईभोरीकोष्ट बिचको खेल नाटकिय रुपमा समाप्त हुँदै ग्री बिजेता बन्न पुगेको छ। ९० मिनेटको खेलअवधिभर १-१को स्थितीमा रहेको खेल थप समयमा ग्रीसले पेनाल्टी पाउँदै २-१ गोलको जित दर्ता गरेको थियो।

आईभरीकोष्टलाई खेल बराबर भएमा पनि दोस्रो चरणको बाटो प्रश्सत हुन्थ्यो भने ग्रीसलाई अनिवार्य जित आवश्यक थियो। उक्त अनिवार्य जितलाई खेलको थप समयमा सामरासले पेनाल्टी मार्फत सहज बनाएका थिए। खेलको ४२औ मिनेटमा पनि सामरासको गोलले ग्रीसले खेलमा अग्रता लिएको थियो। ७४औ मिनेटमा आईभरीकोष्टका वेलफ्रेडले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।

_75808909_colombia_reuters

त्यसैगरि कोलम्बिया र जापान बिचको खेल साविक बिजेता कोलम्बियाले ४-१ गोलको सहज जित निकालेको छ। राम्रो फर्ममा रहेको कोलम्बियाले जापानलाई खासै खेलमा जम्न दिएको थिएन्।

_75808910_cuadrado_reuters

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *