About Us

Introduction
About ICT Journalist Development Forum

IT & ICT Awareness Campgaining is Strong Media Tools for ICT Development of Nation. We Together Run” – Building e-nepal through by ICT Media Awareness Campgain”

ICT Journalist Development Forum is a non-profit making national level NGO. It’s formed by a team of youth IT & ICT professionals Journalist to promote and Explore IT Product, Service and Technology through Media tools like as Print, Electronic and Online Digital Media’s Platform. ICT JDF established in 2067.

More than thousands of Journalist worked in Nepal different field and categories at Small to Big Media Houses. But young and energetic IT and ICT Field OR Bit Journalists are More than Two hundreds worked in Nation Levels. To Promote and Expands IT & ICT Products, Services and Technology through Media tools as awareness Campaign by the Member’s of ICT Journalist Development Forum leadership in the shared ICT Vision.

संस्थाको संक्षिप्त जानकारी
समाज र देश विकासका लागि सूचना सञ्चार तथा प्रविधि विकास र बिस्तारमा सहयोग पु¥याउ“दै छरिएर रहेका आइसिटी पत्रकारहरुको हक–हितमा आवाज उठाउने, नया प्रविधि उत्पादन र उपकरणको जानकारीलाई जनमानसमा पु¥याउने प्रिन्ट तथा बिद्युतीय सञ्चार माध्यमहरुमा प्रकाशित एवं प्रसारण हुने सूचना सञ्चार तथा प्रविधि (Information Communication& Technology ICT) कार्यक्रमहरुको निरन्तरता र स्थायित्वको लागि नेतृत्व लिने संस्थाको अपरिहार्यतालाई महशुस गरी आइसिटी मिडिया र आइसिटी पत्रकारहरुलाई आइसिटी क्षेत्रको विकासमा समाहित गराई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान गराई ऐक्यबद्धता गराउने उद्देश्यअनुरुप २०६७ सालमा स्थापना भएको संस्था हो ।
संस्था परिचयः
समाज र देश विकासका लागि सूचना सञ्चार तथा प्रविधि विकास र बिस्तारमा सहयोग पु¥याउ“दै छरिएर रहेका आइसिटी पत्रकारहरुको हक–हितमा आवाज उठाउने, नया प्रविधि उत्पादन र उपकरणको जानकारीलाईजनमानसमा पु¥याउने प्रिन्ट तथा बिद्युतीय सञ्चार माध्यमहरुमा प्रकाशित एवं प्रसारण हुने सूचना सञ्चार तथा प्रविधि (Information Communication& Technology ICT) कार्यक्रमहरुको निरन्तरता र स्थायित्वको लागि नेतृत्व लिने संस्थाको अपरिहार्यतालाई महशुस गरी आइसिटी मिडिया र आइसिटी पत्रकारहरुलाई आइसिटी क्षेत्रको विकासमा समाहित गराई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान गराई ऐक्यबद्धता गराउने उद्देश्यअनुरुप आइसिटी पत्रकार विकास मञ्च नामक संस्था २०६७ मा स्थापना गरिएको जानकारी गराउन चाहन्छौं । ७ सदस्यीय संस्थापक सदस्यहरु रहेको यो संस्थामा कान्तिपुर दैनिक, कान्तिपुर एफएम, गोरखापत्र दैनिक, आइसिटी न्युज साप्ताहिक पत्रिकामा विगत ५ वर्षभन्दा लामो समयदेखि आइटी सम्बन्धी समाचार लेख तथा कार्यक्रम सञ्चालन गर्दै आएका अनुभवी युवा पत्रकारहरु रहेका छन् । हालसम्म संस्थाका साधारण सदस्यहरुमा विभिन्न सञ्चार मिडियामा आइसिटी विटमा पत्रकारीता गर्ने २० पत्रकारहरु आबद्ध भइसकेको जानकारी गराउछौ । यस संस्थाको मुख्य उद्देश्य आइसिटी युवा पत्रकारहरुको कलम आवाजबाट आइसिटी जनचेतनाको देशव्यापी प्रचार प्रसार गर्दै आइटी विकास बिस्तार प्रवद्र्धन गर्दै र आइसिटी क्षेत्रमा कार्यरत सम्पूर्ण पत्रकारहरुको हकहितका लागि नीति अख्तियार गर्ने र आइटी प्रिन्ट तथा बिद्युतीय छापा प्रकाशन तथा प्रसारणलाई दिगो, स्थायित्व र निरन्तरताको लागि राष्टिय तथा अन्तराष्टियस्तरमा पहल गर्ने रहेको छ । सोही अनुरुप यो संस्था स्थापनाको पहिलो खण्डमा नै राष्टिय युवा संस्था महासंघमा आबद्ध भई समन्वय प्रक्रिया अगाडी बढासकेको छ । साथै युवा तथा खेलकुद मन्त्रालयको आगामी युवा नीति तथा कार्यक्रमका लागि विज्ञान सूचना तथा प्रविधिमा युवाको पहुच भन्ने कार्यक्रममा अन्तक्रिर्यमा सहभागी हुदै बहुमूल्य सल्लाह तथा सुझाव पेश गरिसकेको छ । जसलाई युवा तथा खेलकुद मन्त्रालय सम्बन्धित शाखाले सर्हानीय मानेको छ र सहकार्यमा अगाडी बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।
आइटी देश विकासको पहिलो आधार हो र सरकारले यसलाई उच्च प्राथमिकतामा होइन पहिलो प्राथमिकता राख्दै सोही अनुरुप नीति र कार्यक्रम कार्यान्वयन ल्याउन आवश्यक छ । त्यसका लागि युवा वर्गको ठूलो दायित्व र भूमिका छ भने आइटीमा रोजगारीमा अवसर मात्र होइन विकासको सम्भावना लुकेको छ । जसका लागि युवा आवाजको खाचो छ । युवा आवाजको एक मात्र संवाहक माध्यम मिडिया भएकोले आइसिटीमा आफ्नो कलम चलाइरहेका युवा पत्रकार आइसिटी विकास सचेतता अभियानको मुख्य पात्र हुन् ।

कार्यक्रम
१.युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा २०६९ मा विकट जिल्ला हुम्लामा ३ महिने आधारभुत कम्प्युटर तालिम ३५ जनालाई दिएको ।
२.विभिन्न राष्टियस्तरको आइसिटी इभेन्ट कार्यक्रम, सेमिनार, वर्कशपमा प्रतिनिधित्व जनाएको ।
३.नेपाल सरकार अन्तर्गतको विज्ञान तथा प्रविधि मन्त्रालयको आइसिटी परिषद् गठनका लागि प्रतिनिधित्व जनाउदै सुझाव पेश गरेको ।
४. अनलाइन पत्रिका आइसिटी खबर www.ictkhabar.com सञ्चालन गरिरहेको ।

Registered . नेपाल सरकार अन्तर्गत
ललितपुर जिल्ला प्रशासन कार्यालय 3162/448/067
आबद्धता
समाज कल्याण परिषद /30826

कम्प्युटर एसोसियसन अफ नेपाल Computer Association of Nepal (CAN) को संस्थागत सदस्य

उद्देश्यहरु
क. यो संस्था मुनाफा रहित, जनहितकारी सामाजिक संस्था हुनेछ ।
ख. सूचना सञ्चार तथा प्रविधि IT & ICT विकासका लागि सञ्चालित बिद्युतीय सञ्चार मिडिया कार्यक्रम, प्रिन्ट
ICT पत्रपत्रिकाहरुको स्थायित्व र निरन्तरताको लागि पहल गर्ने ।
ग. सूचना सञ्चार तथा प्रविधि क्षेत्रमा प्रकाशित पत्रपत्रिका, यसै क्षेत्रमा कार्यरत संघ संस्था र पत्रकार एवं सो
सम्बन्धी कार्यक्रमहरुलाई आबद्धता गर्ने ।
घ. आइसिटी क्षेत्रमा कार्यरत पत्रकारहरुको हकहितका, क्षमता ज्ञान, अभिबृद्धिका लागि विभिन्न सीप विकास,
क्षमता विकास, नेतृत्व विकासका तालिमप्रदान गरी आय–आर्जनका लागि पहल गर्ने ।
ङ. विभिन्न सञ्चार माध्यमहरुमा ICT सम्बन्धी जनचेतनामूलक तथा सन्देशमूलक कार्यक्रम प्रसारण तथा
प्रकाशन गर्ने ।
च. आइसिटी विकासका लागि पत्रपत्रिकाको माध्यमको रुपमा बुलेटिन, स्मारिका, मुखपत्र लगायतका प्रकाशनहरु गर्ने ।
छ. आइसिटी ICT पत्रकार सहायता कोष स्थापना गर्ने ।
ज. बुदा नं छ को कार्यान्वयनको सम्बन्धमा भैपरी आउने दुर्घटना,स्वास्थ्य बीमा, आइसिटी शिक्षाको लागि आवश्यकता हेरी कोषको रकम राहतस्वरुप सहयोग गर्ने ।
झ. आइसिटी ICT डकुमेन्ट्री, टेलिसिरियल लगायत अन्य मनोरञ्जनात्मक, चेतनामूलक कार्यक्रम बिद्युतीय सञ्चार माध्यमबाट प्रसारण गर्ने, साथै मिडिया प्रचार–प्रसार सम्बन्धी सम्पूर्ण कार्य गर्ने तथा गराउने ।
ञ. आइसिटी विकासका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सेमीनार, गोष्ठी,अन्तक्र्रिया कार्यक्रमहरु गर्ने ।
ट. समग्र आइसिटी क्षेत्रको विकास र बिस्तारको लागि नेपाल सरकारका विभिन्न मन्त्रालय, स्थानीय निकाय, नीजि क्षेत्र, शैक्षिक क्षेत्र, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरुसग समन्वायात्मक रुपमा कार्य गर्ने ।
ठ. जनसरोकार, मानवअधिकार, दैविक प्रकोप, जलवायु संरक्षण, वातावरण प्रदुषण, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा क्रियाशील रहने ।
ड. ग्रामीण सूचना केन्द्रको स्थापना, पुस्तकालय, सूचना प्रविधिको विकास, आइटी शिक्षामा जोड, प्राविधिक क्षेत्रको विकासका लागि उल्लेखनीय भूमिका निर्वाह गर्ने ।
ढ. सूचना सञ्चार तथा प्रविधि क्षेत्रका समाचार, सूचना, नया उत्पादन, आविष्कार एवं घटनाहरुलाई प्राथमिकताको साथ सञ्चार माध्यममा प्रकाशन एवं प्रसारण गर्ने, गराउने ।
ण. आइसिटी पत्रकारीता, उद्घोषण, कम्प्युटर तालिमका कक्षाहरु एवं अन्य सीपमुलक तथा स्वरोजगारमुलक तालिमहरु सञ्चालन गर्ने ।
त. सूचना सञ्चार तथा प्रविधि सम्बन्धी प्रदर्शनी एवं मेलाको आयोजना गर्ने ।
थ. सूचना सञ्चार तथा प्रविधि सम्बन्धी राष्ट्रिय तथा अन्तराष्ट्रिय सेमीनार, गोष्ठी, छलफल, अन्तक्र्रिया, ¥याली आदिमा सहभागीता जनाउने ।
द. राष्ट्रियस्तरका दैनिक पत्रपत्रिका तथा अन्य सञ्चार माध्यमहरुमा आइसिटी स्तम्भ निरन्तर प्रकाशन एवं प्रसारणका लागि सम्बन्धित व्यवस्थापनस“ग समन्वय गर्ने ।

Organization Web:- www.ictjournalist.org

Associated with Online News Portal

www.ICTKhabar.com

www.ICTFrame.com

www.NagarikPost.com

www.Banksnepal.com

www.NationalNews.com

www.Farakpatra.com

www.Cyberheadlines.com


*
Up Coming ............