समृद्ध नेपालका लागि सूचना प्रविधि मिडिया सचेतना अभियान

सूचना प्रविधिको प्रयोगमार्फत विकसित मुलुकहरुले मारेको फड्को र आर्थिक सम्वृद्धिको कुरालाई मनन गरेर यस आइसिटी पत्रकार विकास मञ्च ले सम्वृद्ध नेपालका लागि सूचना प्रविधि अभियान सञ्चालन गर्न लागेको व्यहोरा सबैमा जानकारी गराउन चाहन्छौं । 
        सूचना प्रविधि बिना अब विकासको कल्पना नै गर्न सकिदैन । त्यसैले सूचना प्रविधिलाई राज्यले किन र कसरी सम्बोधन गर्नुपर्दछ भन्ने कुरालाई राजनीतिक तह र तप्काबाटै प्रशिक्षित गराई नीतिगत तहमा सम्बोधन गरिनुपर्दछ भन्ने कुरालाई आम सञ्चार माध्यममार्फत बुलन्द पार्ने उद्देश्यअनुरुप यो अभियान सञ्चालन गर्न लागिएको हो । यस अभियानमा स्वदेश तथा विदेशमा रहेका आइसिटी क्षेत्रका विज्ञ एवं अनुभवी व्यक्तित्वहरुबाट राज्यले नीतिगत तहमा सूचना प्रविधिको प्रयोगलाई कसरी सम्बोधन गर्ने विषयवस्तुको प्रस्तुतीकरणका रहनेछ । जसबाट नेपाल सरकारको सम्वृद्ध नेपालको नारालाई मूर्त रुप दिन विशेष सहयोग पुग्ने अपेक्षा संस्थाले लिएको छ  ।
 यो कार्यक्रम नेपाल सरकारका प्रमुख मन्त्रीहरु, नीति नियामक निकायहरु, उच्च पदस्थ सरकारी कर्मचारीहरु, राजनीतिक दलका शीर्षस्थ नेताहरु र बिद्यार्थी संगठनका नेताहरुलाई चरणबद्ध तवरले दिने योजना रहेकोले सम्बृद्ध नेपाल बनाउने सूचना प्रविधिको यस अभियानलाई सफल बनाउन यस अभियानमा सहकार्य, समन्वय र सहयोग गरिदिनुहुनका लागि सबैमा हार्दिक अनुरोध गर्दछौं । 
हाम्रो यस अभियानको प्रमुख स्रोत व्यक्तिमा प्रोफेसर डाक्टर रामहरी सुबेदी हुनुहन्छ । उहाँले अमेरिकाको टप युनिभर्सिटिबाट साइवर सेक्युरिटी विषयमा पिएचडी गर्नुभएको छ ।
प्रा. डा रामहरी सुवेदीको संक्षिप्त प्रोफाइल
डा. सुवेदी हाल अमेरिकाको ईसीपीआई युनिभर्सिटीमा साइबर सेक्युरिटीमा मास्टर अफ साइन्समा अध्यापन गराइरहनुभएको छ । डा सुवेदीको ७ वर्ष नासामा सिस्टम इन्जिनियरको रूपमा अन्तरिक्ष उपग्रह र पृथ्वी विज्ञान मिसन कार्यक्रमहरूलाई समर्थन गरेको अनुभव छ।
डा. सुवेदीले २००९ मा नासा बाट एक असाधारण नेतृत्व र प्राविधिक योगदान पुरस्कार प्राप्त गरिसक्नुभएको छ। उहाँ वाशिंगटन डीसीमा रहेको एक धेरै लोकप्रिय वेबसाइट डिसी नेपाल का संस्थापक समेत हुनुहुन्छ। विगत ५ वर्षदेखि डा. सुवेदी र उनको टिमले नेपालमा साइबर सुरक्षा, प्रविधिमा सरकारी लगानी र आईटीमा उच्च पारिश्रमिकको रोजगारी सिर्जना गर्ने विषयमा प्रशिक्षात्मक तालिमहरु नेपालका बिभिन्न निकायहरु (नेपाली सेनाका प्रमुख, नेपाल प्रहरी प्रमुख तथा अधिकृतहरु, कलेज तथा सरकारी बिद्यालयहरु, बैंक तथा बित्तिय संस्थाहरु) मा निःशुल्क प्रदान गर्दै आइरहनुभएको छ ।
नेपालमा विभिन्न क्षेत्रका ५ लाखभन्दा बढी सहभागीले कार्यक्रमबाट लाभान्वित भएका छन् । प्रा डा सुवेदीको प्रस्तुतिमा नेपालजस्ता विकासोन्मुख देशलाई प्रविधिमा लगानी गरेर कसरी फाइदा लिन सकिन्छ र नेपालले नयाँ पुस्तालाई अन्य देशमा पलायन हुनबाट कसरी रोक्न सकिन्छ भन्ने कुरा पनि समेटेको छ ।